एसियन हाइवेको ‘डाइभर्सन’ को काम चाँडो सक्न निर्देशन

  ५ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, जेठ ३ ।   मनसुन सुरु हुनु अगावै पूर्वपश्चिम राजमार्गको पूर्वी खण्डमा निर्माणाधीन एसियन हाइवेको डाइभर्सनको काम सम्पन्न गरिसक्न काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड) दमकले निर्देशन दिएको छ ।

एशियाली विकास बैंकको सहयोगमा १० अर्बको लगानीमा एसियन हाइवेको स्तरोन्नति भइरहेको छ । निर्माण सम्बन्धी ठेक्का लिएको निर्माण कम्पनीलाई डाइभर्सनको काम चाँडो सक्न आज पत्राचारमार्फत निर्देशन दिइएको कार्यालयका आयोजना प्रमुख ई. सुनिलबाबु पन्तले बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर