सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला कति पूग्यो ?

  २ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ भाद्र ३१   नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार ९०० रुपैयाँले बढेको हो । यससँगै छापावाल सुनको मूल्य हालसम्मै उच्च मूल्य अर्थात् तोलामा दुई लाख १७ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । यससँगै चाँदीको मूल्य प्रतितोला दुई हजार ५ सय ९५ रुपैयाँ कायम भएको छ । पछिल्लो समय सुनसँगै चाँदीको मूल्यमा पनि लगातार उच्च मूल्यको रेकर्ड बनिरहेको छ । 

तपाईंको प्रतिक्रिया

थप खबर