जेन-जीका शहीदले पाउँदा सोही आन्दोलनका प्रहरीले राहत नपाएपछि प्रहरीको बेग्लै निर्णय

  ५ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ भाद्र ३१    सरकारले आन्दोलनकारी शहीदलाई १५ लाख दिए पनि सोही आन्दोलनमा प्रदर्शनकारीहरुबाट मारिका प्रहरीको परिवारलाई राहत दिनेबारे कुनै निर्णय गरेन।

जेन जी आन्दोलनका कारण बनेको सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्ले आन्दोलनमा मारिएका आन्दोलनकारीहरुलाई शहीद घोषणा गर्दै मृतकका परिवारलाई १५ लाख रुपैयाँ राज्यकोषबाट दिने निर्णय गर्‍याे।

आन्दोलनमा मारिने सुरक्षाकर्मीहरु पनि थिए तर उनीहरुबारे कार्की सरकारले कुनै निर्णय नगरेपछि नेपाल प्रहरीले भने आफूभित्रैबाट रकम संकलन गरेर भए पनि मृतक प्रहरीका परिवारलाई राहत दिने घोषणा गरेको छ। र, यसबारे सरकारले जस्तै विज्ञप्ति नै निकाले प्रहरीले अमर प्रहरीका परिवारलाई १० लाख दिने घोषणा गरेको हो।

तपाईंको प्रतिक्रिया

थप खबर