साताभर ६२.०१ अंकले घट्यो नेप्से, कुन दिनको कारोबार कति ?

  २ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, साउन ३१ ।  यस साता नेप्से परिसूचक ६२.०१ अंकले बढेर २७८८.३६ विन्दुमा आईपुगेको छ।

गत साता २८५०.३७ विन्दुमा बन्द भएको नेप्से यो साता ६२.०१ अंकले बढेर २७८८.३६ को विन्दुमा पुगेको हो ।
२८५०.३७ बाट २७८८.३६  घटाउदा कति ?

यस साता चार कारोबार दिन बजार खुल्यो । साताको पहिलो कारोबार दिन आइतबार गाइजात्रको दिन सरकारले उपत्यकामा सार्वजनिक विदा दिएकोले सेयर बजार बन्द भएको थियो । यस साता एक कारोबार दिन बढेको बजार तीन कारोबार दिन भने घटेको थियो । 

यस साता औसतमा करिब ७ अर्ब ६८ करोड रुपैयाँको कारोबार भएको थियो । साताको दोस्रो कारोबार दिन सोमबार १० अर्ब २१ करोड, मंगलबार ६ अर्ब ९१ करोड, बुधबार ६ अर्ब १६ करोड र बिहीबार ७ अर्ब ४६ करोडको कारोबार भयो ।

साताको दोस्रो कारोबार दिन नेप्से २७.९० अंकले घटेर २८२२.४६ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२४ कम्पनीको २ करोड ५० लाख ९२ हजार ४९० कित्ता सेयर किनबेच हुँदा १० अर्ब २१ करोड रुपैयाँको कारोबार भएको थियो ।

साताको तेस्रो कारोबार दिन नेप्से २६.२२ अंकले घटेर २,७९६.२४ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२३ कम्पनीको १ करोड ७६ लाख ७१ हजार ६७५ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ९१ करोड  रुपैयाँको कारोबार भएको थियो ।

साताको चौथो कारोबार दिन नेप्से १०.५० अंकले घटेर २७८५.७४को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२१ कम्पनीको १ करोड ५८ लाख ४७ हजार ८७३ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १६ करोड रुपैयाँको कारोबार भएको थियो । 

साताको अन्तिम कारोबार दिन नेप्से २.६२ अंकले बढेर २७८८.३६ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२० कम्पनीको १ करोड ९२ लाख ५८ हजार ४४५ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर