वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि टिमुर खेती

  श्रावण ०१, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, असार ३२।    वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि पाल्पाका किसान टिमुरखेतीमा आकर्षित भएका छन् ।

खेतबारीमा लगाएको मकै, कोदोलगायतका अन्नबाली बाँदर र बदेलले सखाप पार्न थालेपछि किसानले विकल्पका रुपमा टिमुर खेती गर्न थालेका हुन् ।

टिमुर खेती गर्दा क्षति पनि नपुग्ने र आम्दानी पनि हुने भएपछि यस्तो विकल्पमा आफूहरू लागेको रैनादेवी छहरा गाउँपालिका सत्यवतीकी गीता घर्तीले बताइन् । यहाँका प्रायजसोले बारीभरी टिमुर लगाएको उनले बताइन् । ‘यहाँका सबैजसो किसानले बारी र बाँझो जमिनमा टिमुर लगाएका छन्, वनसँग जोडिएका ठाउँमा अरू बाली लगाएर जोगाउनै सकिँदैन, त्यसको विकल्प टिमुरखेती बनेको छ’, घर्तीले भनिन् । टिमुरबाट आम्दानी समेत राम्रो हुँदै आएको उनको भनाइ छ ।

तपाईंको प्रतिक्रिया

थप खबर