भिजिट भिसा प्रकरणमा ३० दिनभित्र होइन, तत्कालै  छानबिन समिति बनोस् : माओवादी

  ७ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार २ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा ३० दिनभित्र छानबिन गर्न सरकारसँग आफूहरुको सहमति भएको भए पनि त्यसलाई तत्काल अगाडि बढाउनु पर्ने माग गरेको छ।

आज (सोमबार) प्रतिनिधिसभाको बैकठमा बोल्दै माओवादी सांसद शक्ति बस्नेतले रोष्टममा सरकारका तर्फबाट गृहमन्त्रीले गरेको घोषणा तत्काल कार्यन्वयन गर्नुपर्नेमा जोड दिए।

‘सरकारले ३० दिनभित्रमा अध्ययन, छानबिन समिति बनाएर प्रक्रिया अगाडि बढाउने उद्घोष गरिसकेको स्थिति छ,’ बस्नेतले भने, ‘हामीले त्यो कुराको भरोसा पनि गरेका छौं । म सरकारसँग के आग्रह गर्न चाहान्छु भने अब त्यो ३० दिन लगाउनु पनि जरुरी छैन।’ उनले भने, ‘अब एक हप्ता भित्रमा, केही दिन भित्रमा त्यो ३० दिनभित्र गर्ने भनिएको अध्ययन, छानबिन प्रक्रिया अगाडि बढाउने जे प्रतिवद्धता र घोषणा यो सरकारको तर्फबाट रोष्टममा गृहमन्त्रीजीले गर्नु भएको छ, अब तत्काल त्यो छानबिन समिति गठन गरेर यी सबै भावनालाई एकीकृत गर्न म सरकारसँग आग्रह गर्न चाहान्छु।’

तपाईंको प्रतिक्रिया

थप खबर