सानो पाइला सहकारीको रकम अपचलन : रवि र जीबी नै जिम्मेवार रहेको आरोप

  ८ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार २ ।   सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा रवि लामिछाने र जीबी राई नै जिम्मेवार रहेको आरोप लागेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा आइतबार वीरगञ्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोपमा मुद्दा दर्ता हुने क्रममा पूर्वडीआइजी छविलाल जोशीको बयानले उनीहरु दुवै जना जिम्मेवार देखिएको छ।

जोशीले प्रहरीसामु बयानका क्रममा गितेन्द्रबाबु (जीबी) राई र लामिछानेलाई पोलेका छन् सहकारी डुब्नुमा जिम्मेवार देखिाएका छन्। उनले कम्पनी तथा सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच कुनै सम्बन्ध सरोकार रहेको आफूलाई जानकारी नभएको बताएका छन्।

२०७७ भदौ १४ गते कम्पनी रजिस्ट्रार कार्यालयबाट गोर्खा मिडिया प्रालि दर्ता गरी सञ्चालनमा ल्याउन लामिछानेसँग सहकार्य गरेको र आर्थिक कारोबारको जिम्मा जिबीको रहेको बताएका छन्।

शेयर वृद्धि गरी बैंकबाट कर्जा लिन लामिछाने र राईले आफूलाई धेरै कुराबाट बाइपास गरी आफ्नो घर समेत धितो राख्न थालेपछि तीन महिनामै कम्पनीबाट आफू अलग भई आफू अमेरिका गएको बयान दिएका छन्।

तपाईंको प्रतिक्रिया

थप खबर