बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

  ७ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार २ ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले गए रातिबाट लागु हुने गरी पेट्रोल प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टितेलप्रति लिटर समान दुई रुपैयाँका दरले मूल्य बढाएको हो ।

मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल १६० र डिजेल तथा मट्टितेल १४५ रुपैयाँ प्रतिलिटर पुगेको छ । आइतबार दिउँसो इण्डियन आयल कर्पोरेसनबाट पेट्रोल १.४१ रुपैयाँ र डिजेल १.६७ रुपैयाँ प्रतिलिटर महँगिएर आएका कारण नेपाली बजारमा मूल्य समायोजन गरेको निगमले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर