एमाले निकट कानुन व्यवसायीहरूको अध्यक्षमा थापा निर्वाचित, अन्य पदमा कसले जिते ?

  ७ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार २ ।    सत्तारुढ नेकपा एमाले निकट कानुन व्यवसायीहरूको संस्था प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन (पिपिएलए) को अध्यक्षमा अमर थापा निर्वाचित भएका छन्।

आइतबार भएको निर्वाचनमा थापाले २५६ मत ल्याएर निर्वाचित भए। उनका प्रतिस्पर्धी ओमप्रसाद थपलियाले २१३ मत ल्या ।

खुला उपाध्यक्षमा भीमसेन बञ्जारा निर्विरोध भएका थिए। महिलातर्फ भने चुनाव भएको थियो। जसमा यशोदादेवी खरेल निर्वाचित भइन्। उनले ३०५ मत ल्याइन्। प्रतिस्पर्धी हिमादेवी बस्नेतले १५२ मत ल्याइन् । महासचिवमा भुवनप्रसाद निरौला १६३ मत ल्याएर निर्वाचित भए।

उममहासचिवमा बाबुराम राई निर्वाचित भए। तीन सचिवमा युवककुमार गौतम (१३९), अनिता गौतम (२२७), मुकुन्दप्रसाद अधिकारी (१३१) मत ल्याएर निर्वाचित भइन्। मुकुन्द अधिकारी र हरिप्रसाद मैनालीको मत बराबर आएकाले गोलाप्रथाबाट छिनोफानो गरिएको थियो। कोषाध्यक्षमा कुमार घिमिरे २२९ मत ल्याएर निर्वाचित भए। अधिकांश सदस्यहरू निर्विरोध चुनिएका थिए।

तपाईंको प्रतिक्रिया

थप खबर