विवाहको आठ महिनामै अरुणिमा र युवराजको सम्बन्ध विच्छेद

  १२ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, जेठ २ ।    अभिनेत्री अरुणिमा लम्साल र युवराज श्रेष्ठको अन्ततः सम्बन्ध विच्छेद भएको छ । गत भदौमा बिवाह गरेका उनीहरूले आठ महिनामै सम्बन्ध विच्छेद (डिभोर्स) गरेका हुन्। अरुणिमाले गत वैशाखमा अमेरिकाबाट नेपाल आएर वारेसमार्फत अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी थिइन् । युवराजले गत आइतबार अर्थात वैशाख २८ गते सम्बन्धविच्छेदको पत्रमा हस्ताक्षर गरेका हुन् । जुन कुरा स्वयम युवराजले टिकटक लाइभमा पृष्टि गरेका छन् ।

हालै टिकटक लाइभमा युवराजले भने, ‘मैले बैशाख २८ गते दिनको ४ः१० मा डिभोर्स फाइलमा हस्ताक्षर गरेको हुँ । जन्म, विवाह र मृत्यु लेखेर आएको हुन्छ । मेरो छुट्टिनु थियो छट्टियो, सक्कियो । बाँकी कुरा चाहिँ म सार्वजनिक गर्न चाहन्नँ ।’ अदालत स्रोतका अनुसार अरुणिमाले सम्पत्तिमाथिको दावी छोडेपछि मिलापत्र भएको हो । यसअघि सम्बन्धविच्छेदको मुद्दामा उनले युवराजको सम्पत्तिलाई ६ भाग लगाएर एक भाग आफूले पाउनुपर्ने मागदाबी गरेकी थिइन् ।

तपाईंको प्रतिक्रिया

थप खबर