बानेश्वरमा कारको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  १२ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, जेठ २ ।   काठमाडौँको मध्य बानेश्वमा कारको ठक्करबाट एक तीन वर्षीय बालकको मृत्यु भएको छ । बानेश्वर नजिकै कात्यानी चोकमा बा.प्र ०१–३१ च ९५६३ नम्बरको कारले ठक्कर दिँदा बालकको मृत्यु भएको हो । शुक्रबार बिहान ९ः२६ बजे काठमाडौँ महानगरपालिका– ३१ कात्यानी चोकस्थित सडकमा भिमसेनगोलातर्फ जाँदै गरेको कारले ठक्कर दिँदा सोही ठाउँमा डेरा गरी बस्ने भारतीय नागरिक आलोककुमार झाका तीन वर्षका छोरा शिवांस झाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कारको ठक्करबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि तत्कालै काठमाडौँ मेडिकल कलेज सिनामंगल लगिएको थियो । उपचारका क्रममा साढे १० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

थप खबर