प्रहरीमा वरिष्ठ सईको तलबमान  र ग्रेड समायोजन

  १२ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, जेठ २ ।  सरकारले नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) को तलबमान र ग्रेड समायोजन गरेको छ। मन्त्रिपरिषदको बुधबारको बैठकले तलबमान र ग्रेड समायोजनको निर्णय गरेको हो । प्रहरीभित्र कामकाजी जुनियर अधिकृतका रुपमा रहेका सईबाट वरिष्ठ सई भएकाहरूको तलब समायोजन नहुँदा समस्या थियो ।

सरकारले कनिष्ठ प्रहरी अधिकृतहरूको बढुवामा ‘जाम’ भएको एक तहबाट अर्को तहसम्म बढुवा हुन लामो समय लाग्ने भएको ०७८ मा प्रहरी नियमावली संशोधन गरी सई र इन्स्पेक्टरबीच वरिष्ठ सई पद थपेको थियो । त्यति बेला तलब भने समायोजन नहुँदा उनीहरुले सई हुँदा नै खाइ पाइ आएको तलबभन्दा कम थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर