प्रदेश सांसद गुरुङले बेलायतबाट पठाएको राजीनामा अस्वीकृत, स्वयम् उपस्थित हुन निर्देशन

  ७ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, जेठ २ । जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङले बेलायतबाट पठाएको राजीनामा अस्वीकृत भएको । लुम्बिनी प्रदेशसभा सदस्य गुरुङले हस्तलिखित राजीनामा पत्र इमेलमार्फत प्रदेशसभामा पठाएकी थिइन् । उनी दुई महिनादेखि बेलायतमा बस्दै आएकी छन् । मंगलबार प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएको दाबी गर्दै उनका श्रीमान कैलाश गुरुङले उक्त पत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए।

प्रदेश सभा सचिवालयको इमेलमा गीता गुरुङकै नामबाट राजीनामा पत्र प्राप्त भए पनि प्रक्रिया नपुगेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए । इमेलबाट प्राप्त पत्र शंकास्पद देखिएपछि थप विवरणसहित स्पष्ट जानकारी माग गर्दै पत्राचार गरिएको उनले जानकारी दिएका छन् । ‘हामीलाई इमेलबाट राजीनामा पत्र प्राप्त भएको हो, तर कसले पठाएको भन्नेमा शंका उठेपछि थप विवरण स्पष्ट पार्न पत्र लेखिएको हो,’ पुनले भने, ‘माननीयको लेटरप्याडमा उल्लेख भएको इमेल ठेगानाबाट नभई अर्कै इमेलबाट पठाइएको, सभामुखलाई सम्बोधनको शैली नमिलेको, कुन पदबाट राजीनामा दिएको हो भन्ने खुलाइएको छैन, राजीनामा पत्रमा भएको हस्ताक्षर र सचिवालयमा भएको हस्ताक्षर नमिलेको, र हस्ताक्षरमा उल्लेख भएको गीता शब्दको हिज्जे तथा इमेलमा उल्लेख भएको हिज्जे समेत नमिलेको पाइयो।’

तपाईंको प्रतिक्रिया

थप खबर