निजामती विधेयक पारित : दुुई वर्ष कुलिङ पिरियड, अतिरिक्त सचिव र ६० वर्ष उमेर हद

  ४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, जेठ २ ।  प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट संघीय निजामती सेवा विधेयक सर्वसम्मत पारित भएको छ । समितिको शुक्रबारको बैठकले विधेयकलाई सर्वसम्मतले पारित गर्ने निर्णय गरेको सभापति रामहरि खतिवडाले जानकारी दिए ।

विधेयकमा विवादित विषय रहेका कुलिङ पिरियड र अवकाश उमेर ५८ बाट ६० बनाउँदा लागु गर्ने विधि विवादमा थिए । यी विषयमा कुलिङ पिरियड दुुई वर्ष राख्ने र अवकाश उमेर ५८ बाट ६० पुर्‍याउँदा १–१ वर्ष गर्ने गरी लागू गरिएको हो । विधेयकको प्रतिवेदन अन्तिम रूप दिन भने बाँकी रहेको सभापति खतिवडाले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

थप खबर