मिडियाबाजी डटकम काठमाडौँ, साउन ३० । पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध दर्ता गर्न खोजिएको रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको छ ।
अधिवक्ता यज्ञमणि न्यौपानेले दर्ता गर्न खोजेको रिट सर्वोच्चका रजिष्ट्रार मानबहादुर कार्कीले दर्ता गर्न नमिल्नै भन्दै दरपीठ गरिदिएका हुन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ गते गरेको प्रतिनिधि सभा विघटन विरुद्ध परेको मुद्दामा सोही वर्षको फागुन ११ मा फैसला भएको थियो । तर त्यतिबेला प्रधानन्यायाधीश रहेका जबराले आफ्नै अध्यक्षतामा बसेको संवेधानिक इजलासको फैसलामा हस्ताक्षर नगरेको भन्दै उनीविरुद्ध रिट दर्ता गर्न खोजिएको थियो ।
रिटमा सो फैसलाको पूर्णपाठ तयार गरी फैसलामा सहिछाप गर्ने गराउने कार्य नरोक्न राणाको नाममा परमादेश माग गरिएको थियो । रजिष्ट्रार कार्कीले फैसला तयार तथा प्रमाणीकरणको कार्य न्यायिक प्रक्रियाको अंग भएकाले अदालतको असाधारण अधिकार क्षेत्र अन्तर्गत सो रिट दर्ता हुन आएकाले दर्ता गर्न नमिल्ने निर्णय गरेका हुन् ।