मिडियाबाजी डटकम काठमाडौँ, असार ३१ । चलचित्र विकास बोर्डले राष्ट्रपति कार्यालयमा सोमबार विशेष समारोहको आयोजना गर्दै वरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मालाई ‘चलचित्र दीर्घसाधना सम्मान’ प्रदान गरेको छ ।
यहाँ आयोजित ‘राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार तथा दीर्घसम्मान २०८२’ कार्यक्रममा निर्देशक शर्मालाई नगद राशि रु तीन लाख ७५ हजारसहित सम्मान गरिएको हो ।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले संयुक्त रूपमा सम्मान गरेका हुन् । बोर्डका अध्यक्ष डिसीले चलचित्र क्षेत्रमा निरन्तर कार्य गरिरहेकालाई प्रोत्साहन गर्न चलचित्र पुरस्कार तथा सम्मान गर्ने गरिएको बताए ।