सत्ता साझेदार दलले नै गर्‍यो बजेटको विरोध, बाल्कोनीमा उभिए कांग्रेस सांसद बजगाईं

  १० घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार १ ।  सत्ता साझेदार नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईं संसदको बाल्कोनीमा पुगेर बजेटको विरोध गरेका छन्।

आज (आइतबार) को प्रतिनिधिसभा बैठकमा सांसद बजगाईंले बजेटको विरोध गर्दै बाल्कोनीमा पुगेर उभिएका हुन्।

बजगाईंले भौत्तिक पूर्वाधार मन्त्रालयले आफ्नो जिल्लामा आवश्यक बजेट नदिएको भनेर विरोध स्वरुप दर्शक दिर्घामा गएर केहीबेर बसेका हुन्। उनी गोरखाका जिल्लावासी समेत लिएर दर्शकदिर्घामा गएर बसेका हुन्। उनी संसद्को हाजिर गरेर दर्शकदिर्घामा गएका हुन्। केही बसेर उनी सांसद बस्ने सभाकक्षमा पुनः गएका छन्।प्रतिनिधि सभाको बाल्कोनी दर्शक र पत्रकारहरूलाई छुट्टयाइएको हुन्छ। आगन्तुहरूलाई पास दिएर त्यहाँको लहरमा बसाइन्छ। सामान्यतया त्यहाँ प्रतिनिधि सभाका सांसदहरू भने जाँदैनन्। विरोध लगत्तै सांसद बजगाईले नोट पनि जारी गरेका छन्।

तपाईंको प्रतिक्रिया

थप खबर