सुनको मूल्य बढ्यो, चाँदी भने स्थिर

  १२ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार १ ।  नेपाली बजारमा आइतबार सुनको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको हो । यससँगै आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९७ हजार १ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार तोलामा २१ सय ६५ रुपैयाँ कायम भएको चाँदी आइतबार पनि सोही मूल्यमा यथावत रहेको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर