मिडियाबाजी डटकम काठमाडौँ, असार १ । आज (आइतबार) देखि बंगलादेशमा व्यवसायीक रुपमा विद्युत निर्यात सुरु भएको छ।
सरकारले नेपालबाट भारतीय प्रसारण लाइन हुँदै ४० मेगावाट विद्युत बंगलादेश निर्यात सुरु गरेको हो।
गत वर्ष कात्तिक १८ (जुलाई १५) मा पहिलो पटक १२ घण्टाका लागि भारतीय प्रसारण लाइन हुँदै बंगलादेश विद्युत निर्यात गरेको प्राधिकरणले यसवर्ष असार १ (जुन १५) अर्थात् गए राति १२ बजेदेखि पुनः ४० मेगावाट विद्युत निर्यात सुरु गरेको हो। गत वर्षको असोज १७ गते नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड भारतबीच विद्युत बिक्री सम्झौतामा हस्ताक्षर भएसँगै अघिल्लो सिजनको अन्तिम दिन अर्थात् कात्तिक ३० गते दिउँसो १२ बजेदेखि राति १२ बजेसम्म करिब १२ घण्टामात्र विद्युत निर्यात भएको थियो।