सभामुखले मुख्य सचेतक र प्रमुख सचेतकहरूलाई छलफलमा बोलाए

  १२ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार १ ।  सभामुख देवराज घिमिरेले प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकलाई छलफलका लागि सिंहदरबार बोलाएका छन्।

सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार आज बिहान ९ बजे संसदको क्यालेन्डरलगायतका विषयमा छलफल गर्न बैठक बोलाएका हुन्।

यस अगाडि संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार २० गतेबाट बजेटमाथि छलफल प्रारम्भ हुने र २३ गते उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटमाथि उठेका जवाफमा स्पष्टीकरण दिने कार्यतालिका थियो।

तपाईंको प्रतिक्रिया

थप खबर