मिडियाबाजी डटकम काठमाडौँ, असार १ । संवैधानिक व्यवस्थाअनुसार आज (आइतबार) सात वटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२ / ८३ को बजेट सार्वजनिक गर्दैछन्।
संविधानले प्रदेश सरकारले हरेक वर्ष असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ। केन्द्र सरकारले जेठ १५ मा, प्रदेश सरकारले असार १ गते र स्थानीय सरकारले असार १० गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान छ।
संघीय सरकारले प्रदेशलाई तोकेको वित्तीय अनुदान, राजस्व बाँडफाँट र रोयल्टीको निर्धारण अनुरूप ती स्रोतमा आधारित भएर सात वटै प्रदेशका अर्थमन्त्रीहरूले प्रदेश सभामा बजेट पेश गर्नेछन् । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२ / ८३ का लागि ६८ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ। बागमतीले आर्थिक वर्ष २०८१ / ८२ मा ६२ अर्ब ७० करोड बराबरको बजेट ल्याएको थियो।