देशभर वर्षा : यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

  १५ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार १ ।  मनसुनी वायुको प्रभावले गए रातिदेखि नै देशभर वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा वर्षा भइरहेको हो। महाशाखाले देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ।

आज (आइतबार) दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी भू–भागका थोरै स्थानहरू मेघगर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

तपाईंको प्रतिक्रिया

थप खबर