मिडियाबाजी डटकम काठमाडौँ, जेठ १ । आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत बिहीबार भएको खेलमा नेपालले बहराइनलाई हराएको छ। नेपालले बहराइनलाई ६ विकेटले हराएको हो । डकवर्थ लुइस स्ट्रेन (डीएलएस) मार्फत नेपालले बहराइनलाई पराजित गरेको हो । वर्षाको कारण ७ ओभरमा खेल घटाइँदा नेपालले बहराइनमाथि जित दर्ता गरेको हो ।
७ ओभरमा ५६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ५.४ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक २४ रनमा अविजित रहिन् । उनले ७ बलमा ४ चौका र १ छक्का प्रहार गरिन् । पूजा महतोले १३ रन बनाइन् । अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्। बहराइनका लागि पवित्रा सेट्टीले ३ विकेट लिइन् ।