रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली

  ४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, जेठ १ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई बिहीबार (जेठ १) प्रहरीले सर्वोच्च अदालतमा उपस्थित गराएको छ। मिश्रलाई बन्दी प्रत्यक्षीकरणको सुनुवाइका निम्ति सर्वोच्चमा उपस्थित गराइएको हो । सर्वोच्चको आदेश अनुसार उनलाई उपस्थित गराइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले जानकारी दिए।

जिल्ला अदालतमा म्याद थपका निम्ति उपस्थित गराउँदा प्रहरीले सधैँ हतकडी लगाइ दिने गरेको थियो । सर्वोच्च लैजाँदा पनि महान्यायाधिवक्ताको कार्यालय पुग्दासम्म हतकडी लगाइएको थियो। सर्वोच्च परिसरमा भने हतकडी खोलेर लगिएको छ। बुधबार (जेठ ३१) बन्दी प्रत्यक्षीकरणको रिटमाथि सर्वोच्चले कारण देखाऊ र बन्दीलाई उपस्थित गराउन आदेश दिएको थियो। अहिले उक्त रिट निवेदनउपर सुनुवाइ भइरहेको छ।

तपाईंको प्रतिक्रिया

थप खबर