त्रिविदेखि वडासम्मका नक्कली कागजपत्र बनाउने ‘अड्डा’ मा प्रहरीको छापा

  ४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, जेठ १ ।    काठमाडौँको तारकेश्वर नगरपालिका रहेको कीर्ते कागजात बनाउने कारखानामा प्रहरीले छापा हानेको छ । तारकेश्वर नगरपालिका–७ स्थित फुटुङमा विभिन्न सरकारी कार्यालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्रलगायत कीर्ते गरी नक्कली बनाउने गरेको अड्डामा प्रहरीले बुधबार छापा हानेको हो ।

प्रहरीले कीर्ते कागजात बनाउनेलाई पक्राउ समेत गरेको छ। पक्राउ पर्नेमा गोरखा भीमसेन थापा गाउँपालिका–१ का अञ्जनी बयलकोटी, ओखलढुंगा चम्पादेवी गाउँपालिका–७ का निर्मल खड्का, मकवानपुर कैलान गाउँपालिका–२ की अञ्जु खत्री छन् । पक्राउ परेकी बयलकोटीले विगत ८ वर्षदेखि सरकारी तथा गैरसरकारी कार्यालयका कागजात, स्थानीय तहको सिफारिस, शैक्षिक संस्थाको प्रमाणपत्र, जग्गाधनी पूर्जा, सवारी चालक अनुमति पत्रलगायत कागजात कीर्ते गरी नक्कल बनाइ प्रयोग तथा प्रचलनमा ल्याउने गरेको खुलेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर