संवैधानिक निकायको नियुक्ति विवादमा आज पनि सुनुवाइ

  ५ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, जेठ १ ।  संवैधानिक निकायमा ५२ जनाको नियुक्ति विवादमा आज (बिहीबार) पनि सुनुवाइ हुने भएको छ। वैशाख ३० गते हेर्दाहेर्दैमा राखिएको मुद्दामा संवैधानिक इजलासमा निरन्तर सुनुवाइ भइरहेको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह, न्यायाधीशहरू सपना मल्ल प्रधान, डा.मनोजकुमार शर्मा, डा.कुमार चुडाल र नहकुल सुवेदी सम्मिलित संवैधानिक इजलासमा सुनुवाइ भइरहेको हो।

२०७७ मंसिर ३० र त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा अध्यादेश जारी गरी पटक–पटक गरी विभिन्न संवैधानिक निकायमा ५२ जना पदाधिकारी तथा सदस्य नियुक्त भएका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर