बढ्यो सुन-चाँदीको मूल्य, आज तोलाको कतिमा हुँदैछ कारोवार ?

  माघ ०२, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , माघ २ । नेपाली बजारमा बुधबार सुन-चाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ४ सय तथा चाँदी १० रुपैयाँले बढेको हो ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख ५५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला १ लाख ५५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार सुन प्रतितोला ८ सय रुपैयाँले घटेको थियो । यस्तै, हिजो १ हजार ८२० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँ बढेर १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर