मिडियाबाजी डटकम काठमाडौँ भाद्र २९। नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको हो । यससँगै शुक्रबार तोलाको दुई लाख १५ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार तोलामा दुई लाख १५ हजार १०० रुपैयाँ कायम भएको छ ।
यस्तै, आज चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँ बढेको छ । यससँगै आइतबार चाँदीको मूल्य प्रतितोला दुई हजार ५ सय ७० रुपैयाँ कायम भएको हो ।