मिडियाबाजी डटकम काठमाडौँ भाद्र २९। प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन्।
प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषद् विस्तारका लागि आन्तरिक छलफल जारी छ। छलफलमार्फत नामावली टुंगो लगाउने र आजै मन्त्रिपरिषद् विस्तार गर्ने बताइएको छ।
मन्त्रिपरिषद् विस्तारको तयारीका लागि प्रधानमन्त्री कार्की आफ्ना सहयोगीहरूसँग छलफलमा रहेकी छन्। मन्त्री बन्ने सम्भावित नामहरूको चर्चा धेरै भए पनि को-को मन्त्री हुँदै छन् भन्ने टुंगो लागेको छैन।
अहिले सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीले नै लिएकी छन्। पपुलिष्टहरूलाई मन्त्रिपरिषद्मा समेट्ने प्रधानमन्त्रीको योजना छ। बालानन्द शर्मा, ओमप्रकाश अर्याल, कुलमान घिसिङ लगायतको नाम चर्चामा छ।
यसैबीच, प्रधानमन्त्री कार्कीले शनिबार ‘जेन-जी’ आन्दोलनका घाइतेलाई भेटेकी छन्। आन्दोलनका क्रममा घाइते भएका प्रदर्शनकारीहरू काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत छन्।