प्रधानमन्त्रीले आज साढे ११ बजे कार्यभार सम्हाल्ने

  २ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ भाद्र   प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साढे ११ बजे कार्यभार सम्हाल्ने भएकी छन् ।

अधिवक्ता ओमप्रकाश अर्यालकाअनुसार विहान साढे ११ बजे प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहण हुनेछ ।

सिंहदरबारस्थित गृह मन्त्रालयका लागि बनाइएको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय स्थापना गरिएको छ। पुरानो कार्यालय आन्दोलनकारीले जलाएपछि नयाँ कार्यालयबाट काम गर्न लागिएको हो।

जेनजीको आन्दोलनपछि ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराउने गरी कार्कीलाई चुनावी सरकारको प्रधानमन्त्री नियुक्त गरिएको हो।

कार्कीले शुक्रबार बेलुका सपथ लिएपछि शनिबार दिनभर आन्दोलनका घाइते, सहिद परिवार भेट्दै भग्नावशेष संरचना हेरिन् ।

तपाईंको प्रतिक्रिया

थप खबर