मिडियाबाजी डटकम काठमाडौँ, साउन २९ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।
आज (बिहीबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीकी सांसद रेखा शर्माले हिजो प्रधानमन्त्री ओलीले सदनमा बोल्दा कामको प्रगति भन्दा पनि विपक्षीमाथि कटाक्ष गर्न धेरै समय खर्चिएको टिप्पणी गरिन् ।
उनले भनिन्, ‘बहुविवाहको कानुनलगायतको विषयमा उहाँले झुट अभिव्यक्ति दिनु भयो । सरकारले बहुविवाहलाई घुमाएर वैधता दिन खोजेको कुरा प्रष्ट विधेयकमा देखिन्छ । हामीले तथ्य र प्रमाणको आधारमा संसदमा बोल्दा उहाँले सामाजिक सञ्जालका लागि कन्टेन्ट निर्माण गर्ने थलो भनेर संसद् र सांसदलाई अपमान गर्नु भयो । त्यसकाप्रति म खेद प्रकट गर्छु ।’ उनले देशका प्रधानमन्त्रीले यति धेरै हल्का टिप्पणी गर्न नहुने बताइन् ।