दरमखोला हाइड्रोपावरको आईपीओ बाँडफाँड, यसरी हेर्न सकिन्छ नतिजा

  ४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, साउन २९ । दरमखोला हाइड्रोपावरको आईपीओ बाँडफाँड भएको छ ।

बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा आज बिहीबार हाईड्रोपावरको आईपीओ बाँडफाँड भएको हो ।

कम्पनीको आईपीओमा मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथाद्वारा बाँडफाँड गरिएको छ । यस आईपीओमा आवेदन गर्ने दुई लाख ४२ हजार ३१८ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् भने ती मध्येमा भाग्यमानी ५ जनाले थप एक कित्ताका दरले ११ कित्ता सेयर प्राप्त गरे ।

यस आईपीओमा २२ लाख ९६ हजार ४६५ वटा आवेदन परेको थियो । जस मध्येमा २२ लाख ८३ हजार २२६ आवेदन सदर भएको हो । १३ हजार २३९ जनाको आवेदन बदर भएको छ । 

कम्पनीले गत साउन १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि २४ करोड २३ लाख १८ हजार ५०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका २४ लाख २३ हजार १८५ कित्ता सेयर निष्कासन गरेको थियो । 

आईपीओको नतिजा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेबसाइट https://meroshare.cdsc.com.np/#/login बिक्री प्रबन्धकको बेवसाइट https://lscapital.com.np/ipo र सिडिएसले आइपीओ नतिजा हेर्ने तयार पारेको बेवसाइट https://iporesult.cdsc.com.np/  मार्फत हेर्न सकिनेछ । 

तपाईंको प्रतिक्रिया

थप खबर