पोखरा घुम्न आएकी महिलाको होटलको छतबाट खसेर मृत्यु, श्रीमान प्रहरी नियन्त्रणमा

  १४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ ३१ ।  बुटवलबाट पोखरा घुम्न आएकी एक महिलाको होटलको छतबाट खसेर मृत्यु भएको छ।

बुटवल उपमहानगरपालिका–१७ रानीगञ्जकी ३२ वर्षीय सरिता भण्डारी गए राति पोखरा–६ डिहिकोपाटनस्थित होटलको पाँचौं तलाबाट खसेको अवस्थामा भेटिएकी हुन्।

उनी श्रीमान र दुई छोरासहित बिहीबार पोखरा आएकी थिइन्। शुक्रबार राति श्रीमान–श्रीमती होटलको पाँचौं तलामा कुर्सीमा बसेका थिए। मध्यराति साढे १२ बजे उनी पाँचौं तलाबाट ५५ फिट तल होटलको प्रवेशद्वारमा खसेकी थिइन्। उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिए पनि चिकित्सकले १ बजेर २ मिनेट जाँदा मृत घोषित गरेका थिए।

घटनास्थलमा सीसीटिभी नरहेकाले उनको हत्या, आत्महत्या वा भवितव्य के हो भनेर खुलेको छैन। सोधपुछका लागि श्रीमान ३८ वर्षीय लक्ष्मण भण्डारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले बताएका छन्। उनी वडा प्रहरी कार्यालय बैदामको हिरासतमा छन्। पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि थप अनुसन्धान अगाडि बढ्ने प्रहरीले बताएको छ। घटनाबारे जानकारी पाएपछि मृतकका परिवार बस रिजर्भ गरेर शनिबार बिहान पोखरा आइपुगेका छन्।

तपाईंको प्रतिक्रिया

थप खबर