मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ ३१ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ लाई आफूले पार्टी छाड्नु भनेर नभनेको दाबी गरेका छन्।
विराटनगर विमानस्थलमा शनिबार बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले शर्मालाई पार्टी छाड्नु भनेर आफूले कहिल्यै नभनेको बताए।
जनार्दनलाई पार्टी छाड्नु भन्नु भएछ नि ? भनेर सोधिएको प्रश्नको जवाफ दिँदै उनले भने, ‘त्यो भनेकै छैन। बेकारको कुरा हो ।’ माओवादीमा पछिल्लो समय प्रचण्ड र प्रभाकरबीच सम्बन्ध सुमधुर नभएको चर्चा छ। प्रचण्डलाई पार्टीभित्र शर्माले चुनौती दिइरहेका छन्। शर्माले आफूलाई ‘काउन्टर’ दिन थालेपछि प्रचण्ड उनीसँग रुष्ट छन्। तर, यस विषयमा पत्रकारले प्रश्न राख्दा प्रचण्ड तर्किएका छन्।