मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ ३१ । हिन्दूधर्ममा विश्वास राख्ने मानिसहरुले हप्ताको सातै दिन फरक फरक भगवानको पूजा गर्ने चलन रहेको छ । विशेष व्रत उपवास बाहेक हप्ताको कुनै एक दिन त्यो भगवानको लागि व्रत बसेर पूजा गर्ने गर्छन् । आज शनिबार शनिदेवको पूजा गर्ने चलन रहेको छ ।
शनि देवको पूजा गर्दा एउटा कुराको ध्यान राख्नु जरूरी छ, शनिदेवलाई आफ्नो मूर्तिको समक्ष पूजा गरेको मन पर्दैन । त्यसैले शनिको आराधना सदैव त्यो मन्दिरमा मात्र गर्नुपर्दछ जहाँ शनिदेव शिला रूपमा विराजमान हुन् ।
यसको अलावा शनिदेवको आराधना उनको प्रतीक मानिने शमी या पीपल को वृक्षको पनि गर्नु पर्दछ । शनिदेवको पूजा शनिबार मात्र गर्नु पर्दछ ।
यसरी गरौँ पूजा
शनिवारको पूजा गर्दा यो कुराको ध्यान राखौँ । यस दिन पीपलको रुखको जरामा नै जल अर्पण गरौँ। यसको साथै शनिदेवलाई प्रसन्न गर्नका लागि तोरीको तेलको दीप जलाउ ।
शनिको पूजा गर्नु भन्दा पहिले आफ्नो आचरण स्वच्छ राख्नु पर्दछ। यसको अलावा शनिबारको दिन बेलुका गरीबलाई भोजन गराउँदा शनिदेव प्रशन्न हुन्छन् र यसले पुण्य प्राप्त हुन्छ।
शनिदेवबारे रमाइलो कथा
नवगृहमध्ये सबैभन्दा शक्तिशाली सर्वश्रेष्ठ गृह शनिदेव यमराज, यमुना र भद्राका भाई हुन् । कालो वस्त्र पहिरिने रात्री बलशाली भएका शनिको बार शनिवार हो । पश्चिम दिशाका स्वामी शनिलाई अंग्रेजीमा सैटन, उर्दुमा जुदुल फारसीमा केदवान अरबीमा जुहुल भनिन्छ ।भने संस्कृतमा शनि भनिन्छ ।
शनिको दशवटा प्रसिद्व नाम यम बभ्रु, पिपलावय, कोनस्थ, सौरी, शनैश्चर, कृष्ण, रोदान्तक, मन्द र पिंगल हुन् । यस्तै पौराणिक शास्त्रका अनुसार अन्य प्रसिद्व नाम यमागज, रविपुर, सूर्यपुत्र, दायातंयज, अकैसुबन, असित, सौकी, निलकाय, कुर कुशाक, कपिलाक्ष र पनु पनि हुन् । शनि देवले आफ्नो शुभ प्रभाव विशेष गरेर कानुन राजनीति र अध्यात्मक विषयमा दिने गर्दछ ।
महादेवको वरदान अनुसार सबै देवता र गृहमध्ये सर्वश्रेष्ठ र शक्तिशाली भई एउटै मात्र न्यायाधीश र दण्डा धिकारी हुन् । शनि देवको दुःख कष्ट र दर्दनाक कहानी उल्लेखनीय छ । ब्राम्हपुराण अनुसार शनि बालककाल देखि नै भगवान श्री कृष्णका अन्त्य भक्त थिए । शनि जन्मँदा नै कालो र कुरुप भएकाले शनिका बाबु सूर्यले आमा छाँयाको चरित्रमा शंका गरि यस्तो छोराबाट भएकै होइन भनेकोले शनिको हृदयमा ठूलो चोट लागेको थियो ।
आखिरमा जस्तो भए पनि नराम्रो कालो भएता पनि शनि युवा हुने वित्तिकै चित्र र थकि छोरीसँग विवाह भयो । अत्यन्तै राम्री पत्नी पाएर शनि रमाईरहन्छन् । तर एक दिन रात्रिमा शनिको श्रीमती ऋतु स्नान गरेर पुत्र प्राप्तिको इच्छा राखी आउँदा शनि भगवान कृष्णको भेष गरिरहेका थिए । श्रीमतीले प्रतीक्षा गर्दा गर्दा थाक्छे ।
उनको ऋतु काल पनि निष्फल बन्न पुग्छ । अनि अत्यन्तै क्रोधित भई सराप दिन्छे कि, आजदेखि तपाईंले जसलाई हेर्नुहुन्छ, उसको नाश होस् । ध्यान गर्न सकेर शनिले आफ्नो श्रीमतीलाई फकाउन त सफल हुन्छन् तर सरापको प्रतिकार गर्ने शक्ति शनिसँग पनि हुँदैन । त्यसबेलादेखि शनिको दृष्टिलाई क्रुर मानिएको हो । शनिले पनि आफ्नो दृष्टि कसैमा नपरोस् भनि निहुरेर हिंड्ने गरे । यतिमात्र होइन शनिको श्रीमतीले अर्को एउटा भयानक सराप पनि दिए कि रहिछ, त्यो हो नपुंसक अर्थात् पुरुष विहिन ।
यस्तो दुःखपूर्ण जीवन व्यक्ति गरिरहेको हुन् । शनि देवता त्यसो भएता पनि शनि घमण्डी र क्रुर स्वाभावका हुन् भनि शास्त्रमा वर्णन गरिएको छ । आनन्द रामायणको अनुसार जब भगवान श्रीरामका सेनाले लंकामा जान सेतु बाँध बनाइरहेको समयमा राक्षसहरुले वाधा अडचन् पनि नसकोस् भनि रेखदेख गर्ने जिम्मा हनुमानलाई दिईएको थियो ।
साँझको बेला हनुमान त्यहिँ श्रीरामको ध्यान गरिरहेको अवस्थामा शनि आएर भन्छ, ‘हे बाँदरमा देवताहरुमध्ये शक्तिशाली शनि हुँ । मैले सुनी राखेको छु कि, तिमी अत्यन्तै बलवान छौ रे । आँखा खोल र मसँग लड्न आऊ, मसँग युद्व गर !’ तर हनुमानले नरम भएर जवाफ दिन्छ । यो समयमा म प्रभु श्रीरामको ध्यान गरिरहेको छु हजुरले मेरो ध्यानमा वाधा नपुर्याउनु होस् तर शनि मान्दैन । जब ऊ लड्न तयार भयो, हनुमानले शनिलाई आफ्नो पुच्छरमा बटारी दिन्छन् । शनि हनुमानको पुच्छरको बन्धकबाट मुक्त हुन नसकेर छट्पट हुन्छ ।
शनिको घमण्ड तोड्न हनुमानले ढुंगामा पुच्छर बजार्न सुरु गरे । जसले गर्दा शनि रगताम्य भई शरीर भरि नै घाउ चोट लाग्छ । यति भैसके पछि मात्र शनिले माफि मागेर मलाइ छोडी देऊ भनि हनुमानसँग प्राथना गर्छन् । अनि हनुमानले भन्छन्, मैले छोडी त दिन्छु तर मलाई बचन देऊ कि श्रीरामका भक्तजनहरुलाई कहिल्यै पनि दुःख दिन्छ भनेर, अनि शनिले माफि माग्दै भन्छ मैले वचन दिन्छु कि कहिल्यै पनि तपाईं र श्रीरामका भक्तजनहरुलाई दुःख दिन्न ।
अनि हनुमानले शनिलाई छोडेर शनिको घाउमा राख्न तेल दिन्छन् । त्यहि तेलले शनिको सबै घाउ र दुख्ने पनि निको हुन्छ । त्यसैबेला देखि शनिको पूजा गर्दा तेलले मालिस गरिंदै आएको हो । यहि आख्यान अनुसार हनुमानका अरु र श्रीरामका भक्तहरुलाई शनिले छुन सक्दैन भन्ने विश्वास छ ।
यस्तै अर्को एउटा प्रसंग छ । जव लंकाका राजा रावनकी श्रीमती मन्दोदरि गर्भावस्था हुन्छिन् । तब सबै गृहलाई आफ्नो इच्छा अनुसार स्थापित गरि रावणले दिर्घाआयु भएका कसैले जित्न नसक्ने महाबली पुत्र जन्मियोस् भनि इच्छा राखेका रहेछन् तर जब रावणका पुत्र मेघनाथको जन्म हुन्छ । उक्त समयमा शनिले आफ्नो स्थान परिवर्तन गरिदिन्छ जसको कारणले रावनका पुत्र अल्पायु र समय नहुँदै मृत्यु हुने संकेत हो ।
ज्योतिष शास्त्रका अनुसार शनि अकाल मृत्युका कारक हुन् । पुत्र जन्मेको समयमा रावणले पुत्रको चिना हेर्दा रावणले रिसाएर शनिको खुट्टामा गाडा प्रहार गरिदिन्छन् । त्यसैबेलादेखि शनि लंगडा हुन्छन् । त्यसै बेला देखि नै शनैश्चर अर्थात् विस्तारै हिंड्ने शनैश्चर हुन गए । शनि पनि कम छैनन् उसले पुरै लंकामा क्रोधित वक्रदृष्टिले हेरी दिन्छन् । पछि हनुमानले लंका दहन गरि कालो बनाइदिन्छ ।
शनिको जन्म हुँदा कालो वर्णको भएकोले सूर्यदेवले आफ्नो पत्नी छाँयालाई दोष दिई आफ्नो पुत्रलाई मेरो होइन भएक