आज यी राशिलाई व्यापार-व्यवसायबाट प्रशस्त आम्दानी हुने, अरुको दिन कस्तो ?

  १६ घण्टा अगाडि

आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) फुर्सदको समयमा सामाजिक काम गर्ने वातावरण बन्ने तथा मान सम्मान, इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । माया प्रेममा प्रिय पात्रसँग नजिक हुने समय रहेको छ । खाद्यान्न, निर्माण सामाग्री, अटो पार्टस् व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । विवादित विषयहरू हल भएर जाने तथा पुराना समस्याहरू केही भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । पारिवारिक माहौलमा मिष्ठान्न भोजनको स्वाद लिँदै समय व्यातित गर्न सकिनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) राम्रा तथा परिणाममुखी काम गरी अरूको मन जित्न सकिनेछ । आर्थिक समस्या हल भएर जानेछ भने व्यापारमा वृद्धि हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा समय लगानी गर्नेहरूले सफलता हात लगाउन सकिनेछ । धार्मिक कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहको छ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापारमा मन्दी आउनाले आर्थिक अवस्था नाजुक हुन सक्छ ध्यान दिनुहोला । आफन्त तथा चेलीहरूसँग मनमुटाब सिर्जना हुनेछ । माया प्रेममा मनमुटाब बढ्ने योग रहेकोले आजको दिन भेट्दा ध्यान दिनुहोला । व्यस्तता बढे पनि कमाई भने न्यून नै रहनेछ । बोल्दा वा खानपानमा ध्यान दिनुहोला । तापनि पढाइ लेखाइमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । धार्मिक स्थल तथा पर्यटकीय स्थलको भ्रमण गर्ने अवसर जुर्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आफन्त तथा प्रियजन सँगको भेटघाटले दिन रमाइलोसँग बिताउन सकिनेछ । माया प्रेममा नजिक हुन सकिने तथा जीवन साथीको सहयोगले राम्रा कामहरू हुनेछन् । व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । आÏनै मेहनतले जीवन शैलीमा उल्लेख्य परिवर्तन गर्न सकिनेछ । र पनि यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । बिलासी सामान प्राप्तिको योग भए पनि टरेर जानेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । शत्रु परास्त हुनेछन् भने व्यापार व्यवसायमा प्रशस्त आम्दानी हुनेछ । पुराना ऋण, रोग तथा शत्रुबाट छुट्करा पाइने हुनाले मन प्रसन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने योग रहेको छ । यात्रा, मनोरञ्जन तथा खानपानमा समय व्यातित हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) वंश वृद्धिको योग रहेको छ भने आफन्त तथा छोराछोरीको प्रगतिमा मन रमाउनेछ । बौद्धिक तथा प्राज्ञिक क्षेत्रमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । मन परेको मानिसबाट भौतिक सम्पत्ति तथा उपहार प्राप्त हुने योग रहेको छ । छोटो दुरीको रमाइलो यात्राको योग रहेको छ । शुभ तथा माङ्गलिक सभा समारोहमा सहभागी भई आफ्नो प्रस्तुति दिने अवसर प्राप्त हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) राजनीतिकर्मी तथा समाजसेवीहरूका लागी समय मध्यमय रहेकोले जनताको समर्थन पाइने छैन । घर जग्गा तथा सवारी साधन सम्बन्धी लफडा पर्न सक्छ । आफन्त तथा आमासँग मनमुटाब बढ्ने वा घरबाट टाढा जानु पर्ने हुन सक्छ । प्रेममा मनमुटाब सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला समय मध्यमय रहेको छ । र पनि सवारी साधन तथा जग्गा सम्बन्धी कामबाट आम्दानी हुनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) आÏनै मेहनतले व्यवसायमा फड्को मार्न सकिनेछ । लगनशीलताका साथ गरिने कामको उच्च मुल्याङकन हुनेछ । दाजुभाइ तथा छिमेकीको सँगको सम्बन्धमा सुधार गर्दै नयाँ कामहरू गर्न सकिनेछ । प्रतिस्पर्धीहरू सहयोगी बन्नेछन् भने कुनै पनि प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । अध्ययन वा कामको सवालमा यात्राको योग रहेको छ । प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) धन स्थानमा गोचर गर्ने शुभ चन्द्रमाले बन्द व्यापारबाट भनेजस्तो आम्दानी हुनेछ । सर सापटी दिइएका रुपैयाँ पैसा उठ्ने तथा आफन्तको सहयोगले उपलब्धिमूलक काम गर्न सकिनेछ । बोलीकै भरमा राम्रा तथा प्रतिष्ठित काम गर्न सकिनेछ । परिवारका साथमा यात्रा गर्न सकिने तथा मिष्टान्न भोजनको ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अभाव हट्ने तथा नाम दाम कमाउन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) नयाँ प्रविधि तथा सामाजिक सञ्जालको प्रयोग मार्फत बौद्धिक स्तर फराकिलो बनाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुनाले पद प्राप्तिको गतिलो सम्भावना रहेको छ । भौतिक सम्पत्तिको प्रयोग मार्फत अरूको मन आफूतिर आकर्षित पार्न सकिनेछ । व्यापारबाट मनग्गे धन आर्जन हुनेछ । मन पर्ने वस्त्र तथा अलङ्कार उपहार पाइनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) समय मध्यमय रहेकोले स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेको छ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । माया प्रेममा अविश्वास बढ्ने तथा परिवारका अग्रज व्यक्तित्वसँग राय बाझिनेछ । तापनि विदेशी सामानको व्यापार व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा तथा कामको सिलसिलामा विदेशी भूमिमा हुनुहुन्छ भने समयले साथ दिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) घरपरिवार तथा समाज तारिफयोग्य काम गरी चर्चा बटुल्न सकिनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । व्यापारमा थोरै लगानी गर्दा पनि मनग्गे नाफा कमाउन सकिनेछ । भौतिक स्रोत साधन जुट्नाले दैनिकी सहज हुनेछ । पढाइ लेखाइमा थोरै समय दिँदा पनि नतिजा तपाईँकै पोल्टोमा पर्नेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

तपाईंको प्रतिक्रिया

थप खबर