स्वार्थका लागि एनआरएनए जस्तो संस्थालाई विभाजन गर्न मिल्दैन : प्रधानमन्त्री ओली

  ५ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख ३१ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले एनआरएनए जस्तो संस्थालाई स्वार्थका लागि विभाजन गर्न नहुने बताएका छन्।

एनआरएनए ग्लोबल कन्क्लेभ २०२५ मा बोल्दै उनले गैरआवासीय नेपाली संघ (एनआरएनए) राजनीति गर्ने ठाउँ नभएको बताएका हुन्।

उनले भने, ‘हामीले राजनीति गर्ने ठाउँ विदेश होइन। एनआरएनए जस्तो संगठनलाई विभाजन गर्ने प्रयास सफल हुन सक्दैन। स्वार्थका लागि विभाजन गर्न मिल्दैन। यो कुनै पोलिटिकल पार्टीको संस्था होइन यसमा हामीले ध्यान दिनुपर्छ। यस समुदायका हकहितका कुराहरुसँग र देशका लागि के गर्न सकिन्छ त्यसमा यसको सम्बन्ध छ। कहाँ भोट हाल्छ भन्ने कुरासँग होइन। कहाँ भोट हाल्छ भन्ने आधारमा यस संस्थामाथि व्यवहार गरिनु हुँदैन। ’

साथै उनले एनआरएनए संस्था एकताबद्ध, मेलमिलाप र सुदृढ एकताका साथ अगाडि बढ्नुपर्ने संस्था भएको बताए। उनलेसंस्थाको भलो चिताउने, यस संस्थाको एकता चिताउने, यस संस्थालाई एकताबद्ध बनाएर अगाडि बढाउने प्रयासमा मात्रै आफ्नो साथ रहने बताए

तपाईंको प्रतिक्रिया

थप खबर