रुपन्देही ३ मा कात्तिक भित्रै प्रतिनिधि सभाको उपनिर्वाचन गर्ने तयारी

  जेठ ०१, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख ३१ । निर्वाचन आयोगले रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक भित्रै प्रतिनिधि सभाको उपनिार्वाचन गर्ने तयारी गरेको छ। यहाँका निर्वाचित प्रतिनिधि सभा सदस्य दीपक बोहराको निधन भएपछि यहाँ प्रतिनिधि सभा सदस्य पद रिक्त छ।

प्रतिनिधि सभामा कुनै पनि सदस्यको पद ६ महिना अवधि बाँकी छँदै रिक्त भएमा त्यो पद उही प्रक्रियाले पूर्ति गर्ने कानुनी व्यवस्था छ। स्वर्गीय बोहरा प्रत्यक्ष निर्वाचित भएकोले उनको निधनपछि रिक्त भएको पद पनि प्रत्यक्ष निर्वाचनबाटै पूर्ति गर्नुपर्ने हुन्छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार निर्वाचन आयोगले रिक्त पद सकेसम्म छिटो पूर्ति गर्ने सोचका साथ काम अगाडि बढाएको छ। कानुनी व्यवस्था अनुसार उपनिर्वाचनको मिति सरकारले तोक्छ तर यसका लागि सरकारले निर्वाचन आयोगको परामर्श लिनुपर्छ। सोही अनुसार निर्वाचन आयोगले प्रधानमन्त्री र अर्थमन्त्रीसँग छलफल गरिरहेको प्रमुख आयुक्त भण्डारीले जानकारी दिए।

तपाईंको प्रतिक्रिया

थप खबर