साउदी अरबलाई १४२ अर्ब डलरको हतियार बिक्री गर्न अमेरिका सहमत

  ४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख ३१ । अमेरिका र साउदी अरबले १ खर्ब ४२ अर्ब डलरको रक्षा सम्झौता गरेका छन्। अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएअनुसार सम्झौतासँगै साउदी अरबले एक दर्जन बढी अमेरिकी रक्षा फर्महरूबाट अत्याधुनिक युद्ध लडाईँसम्बन्धी उपकरण तथा सेवाहरू प्राप्त गर्नेछ।

अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पको साउदी भ्रमणका क्रममा दुई देशबीच भएको सम्झौता इतिहासकै ठूलो रक्षा सम्झौता भएको ह्वाइट हाउसको भनाइ छ। सम्झौतामा राष्ट्रपति ट्रम्प र साउदी युवराज मोहम्मद बिन सलमान एमबीएसले हस्ताक्षर गरेका छन्।

तपाईंको प्रतिक्रिया

थप खबर