कुलेखानी–कलंकी–हुमाने सडक १९ दिनका लागि बन्द

  जेठ ०१, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख ३१ । बागमती प्रदेशको राजधानी हेटौँडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने प्रमुख वैकल्पिक मार्ग मानिने कुलेखानी–कलंकी–हुमाने सडक खण्ड १९ दिनका लागि बन्द हुने भएको छ। सडक स्तरोन्नति तथा कालोपत्रे गर्ने कामका लागि उक्त सडक खण्डमा तत्काल सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ।

प्रशासनले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै जेठ २ गतेदेखि २० गतेसम्म (१९ दिन) का लागि उक्त सडकखण्डमा सवारी सञ्चालनमा रोक लगाइने जनाएको हो। पूर्वाधार विकास कार्यालय, हेटौँडाको अनुरोधमा सडक मर्मत तथा कालोपत्रेको काम सम्पन्न नहुँदासम्मका लागि सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको हो।

तपाईंको प्रतिक्रिया

थप खबर