सेयर बजारमा जेनजी प्रदर्शनको प्रभाव : यस साता ४७.५२ अंकको गिरावट, थप एक साता बजार नखुल्ने

  ३ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ भाद्र २८  राजधानी काठमाडौंबाट सुरु भएको जेनजीको विरोध प्रदर्शन र प्रहरीको दमनले उग्र रुप लिएपछि यससाताको सेयर बजार प्रभावित भएको छ । 

आइतबार सामान्य घटेको बजार सोमबार जेनजीले काठमाडौंको माइतीघर तथा देशभरका प्रमुख सहरमा गरेको प्रदर्शनमा प्रहरी दमन भई गोली चल्दा सोमबारको बजारमा पनि गिरावट आयो । प्रहरीको गोली लाग्ला प्रदर्शनमा उत्रिएका १९ जना युवाको मृत्यु र सयौं घाइते भए । यसकारण देशभर लागेको कफ्र्यु र निषेधाज्ञाका कारण नेपाल स्टक एक्स्चेन्जले यस साताका तीन कारोबार दिन बजार बन्द गरेको थियो । 

नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ मा आधारित भएर तीन दिन कारोबार स्थगित गराएको हो । प्राकृतिक प्रकोप, राष्ट्रिय संकट वा काबुबाहिरको परिस्थिति आइपरेमा धितोपत्र बजारले बोर्डलाई जानकारी दिई कारोबार प्रणालीको सञ्चालन निश्चित समयका लागि स्थगन गर्न सकिने सो नियमावलीमा उल्लेख छ । यस्तै, नेप्सेले आगामी साता पनि सेयर बजार नखोल्ने घोषणा गरिसकेको छ । 

तपाईंको प्रतिक्रिया

थप खबर