सरकारलाई सफल बनाउन मिलेर काम गरौँ : कुलमान

  ३ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ भाद्र २८  नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्ने बताएका छन् ।

शनिबार विहान सामाजिक सञ्जालमार्फत बधाई दिँदै घिसिङले देश अझै गम्भीर मोडमा रहेकोले सबैसँग मिलेर काम गर्नुपर्ने बताएका छन् ।

घिसिङले जेन-जी आन्दोलनको मागअनुरूप चुनाव सम्पन्न गर्नु उक्त सरकारको प्रमुख दायित्व भएको पनि स्पष्ट पारेका छन् ।

‘सम्मानीय प्रधानमन्त्री सुशीला कार्कीज्यूलाई नेपालको पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई व्यक्त गर्दछु’, घिसिङले शनिबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘देश अहिले अत्यन्त गम्भीर मोडमा उभिएको छ। देश र जनताको हितको लागि हामी सबै एक भएर सहयोग गरी अगाडि बढ्नुपर्छ। जेननजी पुस्ताले सुरु गरेको आन्दोलनको माग र आकांक्षालाई सम्बोधन गर्दै आगामी चुनाव सम्पन्न गर्नु यस सरकारको प्रमुख दायित्व हो। सरकारलाई सफलताको कामना गर्दछु।’

राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्ति गरेका हुन् । कार्कीको सिफारिसबमोजिम राष्ट्रपतिले शुक्रबार राति नै संसद् (प्रतिनिधि सभा) विघटन पनि गरिसकेका छन्।

तपाईंको प्रतिक्रिया

थप खबर