मिडियाबाजी डटकम काठमाडौँ भाद्र २८ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरिम सरकारकी नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई शुभकामना दिएका छन् ।
मोदीले सामाजिक सञ्जाल एक्समा नेपाली र हिन्दी दुवै भाषामा लेखेर कार्कीलाई शुभकामना दिएका हुन्।
प्रधानमन्त्री कार्कीलाई शुभकामना दिँदै मोदीले नेपाल र नेपाली जनताको शान्ति, प्रगति र समृद्धिप्रति आफू पूर्ण प्रतिबद्ध रहेको पनि बताएका छन् ।
उनले लेखेका छन्, ‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना । नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्णरूपमा प्रतिबद्ध छ।’