धितोपत्र बोर्डको सञ्चालकमा हेमराज ढकाल नियुक्त

  ७ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, साउन २८ ।  नेपाल धितोपत्र बोर्डको सञ्चालकमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल नियुक्त भएका छन् । 

निजी क्षेत्रको प्रतिनिधित्व गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकाल बोर्डको सञ्चालक बनेका हुन् ।

यसअघि उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जनकुमार श्रेष्ठ निजी क्षेत्रको प्रतिनिधित्व गर्दै बोर्ड सञ्चालक बनेका थिए । तर व्यक्तिगत कारण देखाउँदै उनले राजीनामा दिएपछि सो पदमा महासंघले ढकाललाई पठाउने निर्णय गरेको हो ।

नवनियुक्त सञ्चालक ढकाललाई बुधबार बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनियताको सपथ गराएका छन् । 

तपाईंको प्रतिक्रिया

थप खबर