गंगालालका डा. कोइरालाले अमेरिका पुगेर गरे राजीनामा घोषणा

  १४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, साउन २८ ।   शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीका कार्डियो भास्कुलर विभाग प्रमुख वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन डा. रामेश कोइरालाले पदबाट राजीनामा दिएका छन्। मंगलबार अमेरिका पुगेका कोइरालाले आज सामाजिक सञ्जाल एक्समार्फत राजीनामा पत्र सार्वजनिक गर्दै आगामी असोज ३० गतेदेखि लागू हुने गरी राजीनामा दिएको घोषणा गरेका हुन्।

उनी शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा २५ वर्षदेखि कार्यरत थिए । ‘हाल म विदेशमा भएकाले मिति १६ अक्टोबर २०२५ अघि केन्द्रमा उपस्थित हुन असमर्थ हुने भएकाले तदनुसार सोही मिति ३० असोज २०८२ देखि लागू हुने गरी मेरो राजीनामा स्वीकृत गरी सञ्चालक समितिलाई समेत अवगत गराइदिन हुन अनुरोध गर्दछु,’ उनले राजीनामा पत्रमा लेखेका छन् । उनले अमेरिका पुगेको फोटो सार्वजनिक गर्दै ‘देश, पेशा, जीवन र भूमिका : अब सब फरक’ भन्दै लेखेका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर