मिडियाबाजी डटकम काठमाडौँ, असार २९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्र शाहीले भिजिट भिसाबाट प्रधानमन्त्री सहभागी भएको कार्यक्रममा स्पेन गएकाहरू नफर्किएको पुष्टि भइसकेको दावी गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै भिजिट भिसा प्रकरणको छानबिन गर्नको लागि संसदीय छानबिन समिति बनाउन माग गरे ।
उनले भने, ‘प्रधानमन्त्रीसँग नगएको भए पनि उहाँ गएको कार्यक्रममा गएकाहरू नफर्केको पुष्टि भइसकेको छ । यसको छानबिन गरौं, संसदीय छानबिन समिति बनाउन यो सरकार किन डराएको ? संसदीय छानबिन समितिको माग हाम्रो अडान छ ।’ भिजिट भिसा प्रकरणको छानबिन गर्नको गर्न समिति नबनेसम्म आन्दोलन नछाड्ने बताए । भिजिट भिसामा विदेश जानेसँग अपारदर्शी रूपमा आर्थिक लेनदेन हुने गरेको र यस सम्बन्धमा विगतदेखि नै संसद्मा कुरा उठ्दै आएको तर, गम्भीर नभएको उनको आरोप छ ।