छाउपडी गोठमा सर्पले डसेर महिलाको मृत्यु

  असार २९, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, असार २९ । कञ्चनपुरमा छाउपडी गोठमा सर्पले डसेर एक महिलाको मृत्यु भएको छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउगोठमा सुत्न लागेकी २८ वर्षीया कमला दमाईको हिजो राति सर्पदंशबाट ज्यान गएको हो।

राति करिब ८ बजेको समयमा करेत जातको विषालु सर्पले डसेपछि कमलालाई उपचारका लागि कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको थियो । उपचारकै क्रममा कमलाको मृत्यु भएको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर