नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, निशानामा युवतीहरू

  असार २९, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, असार २९ । भिजिट भिषामा कठिनाई आएसगैं नक्कली होटल बुकिङमार्फत हुने मानव तस्करीको घटना बढ्दै गएको छ ।

विशेषगरी युवतीहरूलाई आकर्षक कामको प्रस्तावमा विदेश वा अन्य सहर पठाउने बहानामा एजेन्टहरुको समूहले नक्कली होटल बुकिङ देखाई उनीहरूलाई फसाउने क्रम तीव्र बनेको छ ।

अवैध तवरले खाडी मुलुक पठाउने र तिनको श्रम शोषण गराउने मानवतस्करीको प्रवृत्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः मौलाउन थालेको छ । विगत केही समय सुरक्षामा कडाइ गरिए पनि पछिल्लो समय अध्यागमन कर्मचारी र बिचौलियाहरू बीचको साँठगाँठ झन् बलियो बनेको प्रमाण भेटिएको छ ।

सुरक्षा निकाय र अनुसन्धानले भिजिट भिसाको नाममा भइरहेका आपराधिक गतिविधिविरुद्ध पटक–पटक अनुसन्धान गरे पनि कारबाहीका नाममा भएको कसरत अस्थायी र फितलो सावित भएको छ । भिजिट भिसामा विशेषगरी यूएई हुँदै कुवेत जान लागेका महिला र पुरुषहरूलाई अध्यागमन कार्यालयका कर्मचारीले अवैध रूपमा अनुमति दिँदै आएको तथ्य फेला परेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर