मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ ३० । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ९ टिगनीबाट बिहीबार मोटरसाइकल चोरीमा संलग्न एकजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा आउनेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ३ धुसकोट घर भई हाल भक्तपुरको सरस्वतीखेल बस्ने ३८ वर्षीय साइँला तामाङ रहेका छन् ।
वास्तविक नम्बर बागमती प्रदेश ०२(०४९ प ०४ ८३ रहेको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२(०४७ प १० ५० राखि तामाङले चलाईरहेको अवस्थामा फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
उक्त मोटरसाइकल पेम्बा टासीले काठमाडौँको काठमाडौं महानगरपालिका ६ तीनचुलीबाट हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए । नियन्त्रणमा तामाङलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिए ।