कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

  जेठ ३१, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ ३० ।   सत्ता साझेदार नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ।

असार १५ गते आइतबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानोपामा बस्ने गरी बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

उनका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि आग्रह गरिएको छ। बैठकमा विकसित राजनीतिक घटनाक्रम, एमालेसँग सत्ता सहकार्यको समीक्षा, पार्टीको १५ औं महाधिवेशनको तयारीलगायतको विषयमा छलफल हुने जनाइएको छ।

तपाईंको प्रतिक्रिया

थप खबर